नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रले अध्यक्षले शेरबहादुर देउवासँग गरेको कुराकानीको आधारमा आवश्यक निर्णय गर्ने बताइएको छ ।
कांग्रेस सभापति देउवाले आजै सानो आकारको मन्त्रिपरिषद सहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया