Logo

राजनीति

ओली समूह भीम रावललाई लिएर माधव नेपाल निवासमा पुग्यो



नेकपा एमालेको स्थायी कमिटि बैठकमा सहभागि नहुने छाँटकाँट देखेपछि अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । नेपाल निकट श्रोतका अनुसार ओली पक्षका नेताहरु नेपाल पक्षमा रहेका नेता भीम रावललाई साथमा लिएर नेपाल निवास कोटेश्वर पुगेका हुन् । 

बरिष्ठ नेता नेपाललाई भेट्न रावलका साथमा विष्णु पौडेल र सुवास नेम्बाङ कोटेश्वर पुगेको बताईएको छ ।  
एमालेले प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेका लागि बोलाएको स्थायी कमिटिको बैठक स्थगित भईसकेको छ भने २ बजे प्रधानमनत्री ओलीले राष्ट्रका नाममा सम्बोधन गरी बिदा लिने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  १२ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।