Logo

राजनीति

लोकतन्त्रकै संरचना ध्वस्त होला कि भन्‍ने चिन्ता छ : ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संरचना नै ध्वस्त होला कि भन्ने चिन्ता भएको बताएका छन् । बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको तर्फबाट उम्मेदवार बनेको व्यक्तिले अर्को दललाई समर्थन गरेमा र ह्विप नलाग्ने गरि गरिएको व्याख्याले दलीय व्यवस्थाको प्रस्तावनालाई नै चुनौती दिएको बताएका छन् । उनले संविधानको अपब्याख्या गरेकोसमेत उनले बताएका छन् । लोकतान्त्रिक प्रणालीले राजनीतिक विकृतिहरुको मूल्य चुकाउनुपर्ने स्थिति आउनसक्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले भने, “हामीले विगतमा पनि विभिन्न राजनीतिक विकृतिको पुनरावृति देखेका छौं । त्यस्तो नहोस् भन्नेमा छौं । हाम्रो चिन्ता आसन्न राजनीतिक विकृति र त्यसले उत्पन्न गर्ने परिणामको हो ।” राजनीतिक सम्बन्धमा परेका मुद्दामा अदालतले प्रवेश नगर्ने भन्ने नजिक पनि बसाइसकेको उल्लेख गर्दै कहिलेकाहीँ त सर्वोच्चले माग नभएका कुरामा पनि फैसला दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले भने, “राजनीतिक कुरामा न्यायिक सक्रियताले कही पनि पुग्न नसकिने उनले बताएका छन् ।” मागदाबी नभएका विषयमा पनि फैसला दिँदा जटिलता उत्पन्न हुने बताएका छन् । उनले भने, “संवैधानिक नैतिकताको प्रश्न उठाइएको छ । मैले मेरो जीवन लोकतन्त्रका लागि अपर्ण गरेको छु । तर, खास प्रश्नमा फैसला आउन पुग्यो र फैसलामाथि प्रश्नहरु उठ्न थाल्यो भने यस्ता संस्थामाथि जनताको विश्वास गुम्ने स्थिति आउनसक्छ ।”

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार १४:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।