Logo

राजनीति

प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरेका छन् । मंगबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्चको परमादेशका कारण बिदा हुन लागेको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको परमादेशका कारण मैले बिदा हुनुपरेको छ ।

यसमा मेरो खासै चिन्ता छैन । मेरो चिन्ता लोकतान्त्रिक प्रणालीमा बढ्दो न्यायिक सक्रियाले देशलाई कहाँ पुर्याउँछ भन्नेमा छ ।” सर्वोच्च अदालतले सोमबार संसद् विघटनको निर्णय बदर गर्दै विपक्षी गठबन्धनमा प्रस्तावित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेको थियो ।

सर्वोच्चको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । देउवालाई मंगलबार साँझ शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  २ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।