नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूह उपस्थित नहुने भएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको बताएका छन् । बैठकमा नेपाल समूहका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।
तर, उक्त बैठकमा नेपाल समूह भने उपस्थित नहुने नेपाल समूहका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिएका छन् । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनर्स्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गरेको छ ।
फाइल तस्बिर ।
प्रतिक्रिया