Logo

राजनीति

ओली प्रवृत्ति हिट्लरी नाजीवादसँग मिल्दोजुल्दो : बाबुराम भट्टराई



जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तुलना हिटलरसँग गरेका छन् ।

आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद र फासीवादसँग मिल्दोजुल्दो रहेको भट्टराईले बताएका छन् ।

‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसँग मिल्दो जुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेको थियो,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

ओलीको बहिर्गमपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रा पनि त्यसको पुष्टि गरिरहेको उनले बताएका छन् ।

‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केहीबेर फिटिफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तामासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि हुन्छ,’ उनले भनेका छन् ।

 

प्रकाशित मिति : असार ३१, २०७८ शुक्रबार  ८ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।