Logo

राजनीति

व्यस्त विप्लव  : प्रचण्डदेखि बाबुरामसँग भेटवार्ता



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ताबहिर्गमनपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को व्यस्तता बढेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटिसकेका विप्लवले शुक्रबार जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका छन् ।

भट्टराई निवासमा जारी छलफलमा समसामयिक राजनीतिक विषयमा कुराकानी भइरहेको बुझिएको छ।

भट्टराई र विप्लवबीच अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन, आगामी बाटोलगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।

महासचिव विप्लवसँगै सचिवालय सदस्य धर्मेन्द्र वास्तोला पनि भट्टराई निवास पुगेका छन्।

यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए।

 

प्रकाशित मिति : असार ३१, २०७८ शुक्रबार  ९ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।