नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु पार्टीको जारी स्थायी कमिटी बैठक रोक्न माग गर्दै बैठकस्थलमा प्रवेश गरेका छन् । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक रोक्न माग गर्दै शुक्रबार बिहान पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् ।
नेपाल समूहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विस्ट र भीम आचार्य बैठक हलमा प्रवेश गरेका हुन् । उनीहरु बैठकस्थल प्रवेश गरेपछि ‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, “हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।
बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।
नेपाल समूहको हस्ताक्षरकै कारण पदबाट बाहिरिनु परेको भन्दै अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहेका छन् ।
प्रतिक्रिया