Logo

राजनीति

एमाले स्थायी कमिटी बैठकले के-के निर्णयहरु गर्‍यो ? 



नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । 

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ ।

यसैगरि एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीको यो निर्णय मान्‍न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ । 

“अब नेकपा एमाले देश र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक, जनताको हितप्रति अटल रहँदै सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ,” प्रवक्ता ज्ञवालीले भने, “अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।”

नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न नमानेको भन्दै बाहिरिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १४:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।