प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच बालुवाटारमा भेटवार्ता भएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी हुन् ।
उनले प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई बधाई दिँदै मिलेर काम गर्न इच्छुक भएको बताएकी छन् । सभापति देउवाले पनि चीनसँगको सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि प्रधानन्त्री बनेका देउवालाई विदेशी कुटनीतिज्ञहरुले बधाई दिने क्रम जारी छ ।
प्रतिक्रिया