Logo

राजनीति

६ जना सांसदले छाडे महन्थ ठाकुरको साथ



 जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई ठूलो नोक्सानी भएको छ ।

ठाकुरलाई नोक्सानी हुने क्रम जारी छ । सरकारमा मुस्किलले तीन हप्ता बस्न पाएका ठाकुर चोट लागेको घाइत बाघ जस्तो बनेका छन् । ठाकुरलाई जसपाका नेता राजेन्द्र महतोले सरकारमा लगेर मिसाउँदा बचेखुचेको राजनीतिक इमान्दारिता पनि गुमेको आरोप छ ।

ठाकुरलाई फसाउने काम महतोले नै गरेका हुन् । उप–प्रधानमन्त्री र मन्त्री बन्न महतोमा पलाएको असीमित आकांक्षाले गर्दा ठाकुर बद्नाम भएका छन् । ठाकुरले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट ६ सांसद अनुपस्थित भएका छन् । ६ जना सांसद नै अनुपस्थित भएपछि ठाकुरलाई झन् ठूलो तनाब भएको छ । ६ जना सांसद नआएपछि ठाकुर–महतो रुने अवस्थामा पुगेका छन् । उनीहरूभित्र तनाबको अवस्था सिर्जना भएको छ ।

ठाकुरसँग २० सांसद छन् । ठाकुर समूह सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ । बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव, प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, रुही नाथ र नरमाया ढकाल अनुपस्थित भएका छन् ।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र शुरु भएको छ । केपी ओलीको सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् ।

ठाकुरले संसदीय दलबाट पनि पकड गुमाउँदै गएका छन् । पार्टीमा त पहिला नै उनले पकड गुमाइसकेका थिए । महतोले आफूलाई फसाएको भनेर ठाकुरले निकटका नेताहरूले गुनासाहरू गर्न थालेका छन् ।

महतोका कारण ठाकुर कमजोर र बद्नाम भएपछि त्यसको फाइदा अध्यक्ष उपेन्द्र यादवलाई भएको छ । ठाकुर–महतोका कारण उपेन्द्रले आफूलाई सक्षम र बलियो नेता बनाउन सकेका छन् ।  यो समाचार आजको नागरिक दैनिकमा छ

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।