Logo

राजनीति

दुई मन्त्रीले दिए राजीनामा



प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । माओवादीलाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन् ।

नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न उनीहरूले राजीनामा दिएका हुन् । राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए ।

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् ।

प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार  १० : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।