Logo

राजनीति

राजीनामा फिर्ता लिन भीम रावललाई ओलीको आग्रह



सांसदबाट राजीनामा दिएका नेकपा एमाले उपाध्यक्ष भीर रावललाई आफ्नो निर्णय फिर्ता लिन पार्टीको संस्थापन पक्षले आग्रह गरेको छ । आइतबार संसदबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवालाई समर्थन गर्ने या नगर्ने बारेमा विवाद भएपछि रावलले राजीनामा दिएका थिए ।

रावलले देउवालाई मत दिने पस्ताव राख्दा सुरेन्द्र पौडेल र योगेश भट्टराईले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । उक्त कुरामा विवाद बढ्दै गएपछि रावलले सांसद पदबाटै राजीनामा दिने मनसाय बनाएर बाहिरिएका थिए । पत्रकारहरुको माझमा आफ्नो निर्णय सुनाउन लाग्दा नेता सुरेन्द्र पाण्डेले रोक्न खोजेका थिए । तरा रावल उनको कुरामा रोकिएनन् । आफ्नो राजीनामा पढेर सुनाए ।

एमालेको सोमबार बसेको केन्द्रीय कमिटि बैठकमा उपाध्यक्ष रावलले दिएको राजीनामा बारे चर्चा भएको थियो । ओली पक्षको उक्त बैठकमा उपाध्यक्ष रावल सहित तटस्थ बसेका सांसदहरुलाई उचित स्थान दिएर पार्टीमा राख्नुपर्ने आवाज उठेपछि रावललाई पनि राजीनामा फिर्ता लिन आग्रह गरिएको बताईएको छ ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ७ : ५० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।