नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल विरुद्ध पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघले अराजक प्रदर्शन गरेको छ । संघले नेपाल विरुद्ध शंख बजाउँदै सांकेतिक शव बनाएर दाहसंस्कार समेत गरेको हो । सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो ।
युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।
प्रतिक्रिया