Logo

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ सांसदलाई होला त कारबाही ?



नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने लागेको हो ।

एमाले केन्द्रीय कमिटीको १० औँ बैठक सोमबारदेखि सुरू भएको हो ।

सोमबार बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले २४ घण्टाभित्र स्पष्टिकरण नबुझाइए थप कारबाहीबारे पार्टीले निर्णय गर्ने जनाएका थिए ।

यद्यपि स्पष्टिकरण सोध्ने निर्णय अदालतको मानहानी रहेको भन्दै नेपाल पक्षीय सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।

साथै, उनीहरू केन्द्रीय कमिटी बैठकले सोधेअनुसार स्पष्टिकरण नबुझाउनेसमेत जनाएका छन् ।

यसैगरी सोमबार बसेको बैठकले एमाले विवाद समाधान गर्न कार्यादलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

बैठकमा पार्टीभित्र रहेको आन्तरिक विवाद, पार्टी अनुशासन, पार्टीले चाल्न सक्ने कारबाहीको कदमबारे छलफल भइरहेको छ ।

 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ६ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।