Logo

राजनीति

माधव नेपाल पक्षका सांसद भन्छन् : गुटले सोधेको स्पष्टिकरणको जवाफ दिँदैनौं



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले स्पष्टिकरणको जवाफ नदिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टिकरण बुझाउने समय केही घण्टामात्रै बाँकी छँदा नेपाल पक्षका सांसदहरू जवाफ दिन जरूरी नरहेको बताएका हुन्।

एमाले सांसद मेटमणि चौधरीले आफूहरूले पत्र पनि नपाएको र पाइए पनि जवाफ नदिने बताए ।

‘हामीले पत्र पनि पाएका छैनौं। मिडियाबाट थाहा भएका हौं,’ चौधरीले भने,‘मेलमा आएका छ भने जानकारी भएन । स्पष्टिकरणको जवाफ हामी दिँदैनौं ।’

एमालेको केपी ओली गुटले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नरहेको उनको भनाइ छ ।

‘एउटा गुटले पटक–पटक स्पष्टिकरण सोधिरहेको छ। स्पष्टिकरण त पार्टीलाई पो दिने हो,’ उनले थपे,‘गुटलाई किन जवाफ दिइ रहनु पर्‍यो ? हामी कसैले स्पष्टिकरण पठाउँदैनौं ।’

संविधानको धारा ७६ (५) बमोजिम विश्वासको मत दिँदा ह्वीप नलाग्ने भनेर सर्वोच्चले नै भनिसकेको अवस्थामा स्पष्टिकरण सोध्नु अर्थहीन रहेको उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार ३ बजे पुनः केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।