नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
कोटेश्वरस्थित नेपाल निवास पुगेर प्रचण्डले उनलाई भेटेका हुन् ।
दुबै नेताबीच करिब एक घण्टा कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको भोलिपल्ट नेपाल र प्रचण्डबीच भेटवार्ता भएको हो ।
यद्यपि नेपाल र प्रचण्डबीच भएको छलफलको विषयबारे खोलाइएको छैन ।
एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित २२ जनालाई २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । तर, नेपाल पक्षका सांसदहरूले स्पष्टिकरणको जवाफ नदिने प्रष्ट पारिसकेका छन् ।
मंगलबार ३ बजे पुनः एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।
प्रतिक्रिया