नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । विप्लवले मंगलबार बिहान अध्यक्ष ओलीको भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।
त्यस्तै, यसअघि ओली प्रधानमन्त्री हुँदा सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको लागि पहल गरिदिन पनि विप्लवले जोड दिएको बताएको छ ।
विप्लवले यसअघिको सरकारसँग गरेको सहमति कार्यान्वयनका लागि पहल गर्दै विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) कै वरिष्ठ नेता माधव कुमार नेपाल, मोहन वैद्य र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका नेताहरुसँग भेटवार्ता गरिसकेका छन् ।
उनले अब छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया