Logo

राजनीति

पर्वत नेकपामा पहिरो, लोकप्रिय युवाहरू कांग्रेसमा प्रवेश



 पर्वत जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० परित्याग गरेर दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार कुश्मामा आयोजित कार्यक्रममा जलजला गाउँपालिकाका नेकपाका दुई जना युवा नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेहरूमा जलजला गाउँपालिका– ८ का जितबहादुर खर्जा र जगबहादुर खर्जा रहेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’, सचिव अशोक उच्चै ठकुरी लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । जितबहादुर खर्जा स्थानीय हिम शिखर युवाका क्लवका पूर्व अध्यक्ष समेत हुन् ।

 जितबहादुरले नेकपाका गतिविधिहरू जनता विरोधी भएका कारण आफूहरू बाध्य भएर पार्टी छाड्नु परेको बताए । उनले कम्युनिस्टहरू झुठको खेती गर्न माहिर रहेको भन्दै अबका दिनमा कांग्रेसमा रहेर काम गर्ने बताए । केन्द्रीय सदस्य जोशीले अहिले धेरै नागरिकको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस रहेको बताए ।

नेविसंघका ‘हिरो’हरूद्वारा कोरोनाको ‘हटस्पट’ वीरगञ्जमा १८ दिनदेखि खानाको प्याकेट वितरण

नेपाल विद्यार्थी संघ ९नेविसंघ० पर्साले कोरोना महामारीका बेला समस्यामा परेका अति विपन्न परिवार र मजदुरहरूलाई निःशुल्क खाना वितरण गर्दै आएका छन् । नेविसंघ पर्साका अध्यक्ष विकास तिवारीका अनुसार दाल, भात, तरकारीको प्याकेट बनाएर भोको पेट भएका मजदुर र अति विपन्नहरूलाई वितरण गर्ने गरिएको छ । सोमबार नेविसंघले निःशुल्क खाना वितरण गर्न लागेको १८औँ दिन पुगेको छ ।

उनीहरूले घण्टाघर, माइस्थान, हनुमान मन्दिर, छप्कैया, हरेक रिक्सा ग्यारेज, विभिन्न घरहरूमा मोटरसाइकलमार्फत पुगेर खानेकुरा वितरण गर्ने गरेको अध्यक्ष तिवारीले बताए । ‘नेविसंघका साथीहरू बिहान र बेलुका गरेर दुई चरणमा विभिन्न स्थानमा पुगेरै खानेकुरा उपलब्ध गराउने गरेका छौँ’, नेविसंघका अध्यक्ष तिवारीले भने, ‘कसैले व्यक्तिगत रुपमा फोन गरेर खानेकुरा माग्नु हुन्छ । मागेको ठाउँमा लगेर दिने गरेका छौँ ।’

नेविसंघका नेताहरूले वीरगञ्ज बजार परिक्रमा गरेर खानेकुरा सम्भव भएसम्म वितरण गर्ने गरेका छन् । उनीहरूले दैनिक ३५० जनासम्मलाई खानेकुरा उपलब्ध गराउने गरेका छन् । पर्साको वीरगञ्ज कोरोनाका कारण हटस्पट बनेको छ । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ ।

निषेधाज्ञाका कारण मजदुर र अति विपन्न परिवारहरूलाई बिहान बेलुका छाकटार्न समस्या भएको छ । छाकटार्न समस्या भएकालाई नेविसंघ पर्साले आफैले भात, दाल र तरकारी प्याकेट बनाएर वितरण गर्ने गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरूले प्याकेटहरूलाई बक्सामा राखेर मोटरसाइकलमार्फत सम्बन्धित स्थानमा पुगेर वितरण गर्ने गरेका छन् ।

अध्यक्ष तिवारीको नेतृत्वमा शेष हजरा, केशव मिश्र बिट्टु पटेल, प्रिन्स तिवारी, प्रभु साह, साबीर हुसेन, आमिर अन्सारी, सेराज अन्सारी, समीर मन्सुरी, सञ्जीत पटेल, चन्दन सहनी, रोशन सिंह, अभय कर्ण, आकाश नेपाली, मनोज साह, बाबुनन्द पटेल, शैलेश यादब, रमेश मुखिया, रितेश कापर, मनीष यादब, सुधिर महतोलगायतले निःशुल्क खाना वितरणको काम गर्दै आएका छन् ।

विश्वप्रकाशको विभाग सक्रिय, कार्यक्रम र उपसमितिहरू घोषणा

Bishwa_Prakash_Sharma.jpg

 नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागले न्यूनतम योजना र दीर्घकालीन उपयोगितासहितको विभिन्न निर्णयहरू गरेको छ । विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’को नीति लिंदै सोही अनुरुप कार्य गर्ने जनाइएको छ ।

नीति बमोजिम नेपाली कांग्रेसलाई सूचना, संचार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री (डिजिट्लाइज्ड) बनाउँदै अघि बढ्ने अभियान शुरूवात गर्ने विभागले निर्णय गरेको कांग्रेस प्रवक्ता एवम् विभागका प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘प्रविधि मैत्री अभियानको शुरूवातमा पार्टीको वेबसाईटलाई यथाशीघ्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने शर्माले बताए । विभागले प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को ९ज० बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

विभागले वेबसाईट संयोजन उपसमितिको संयोजक गोवर्धन राना मगरलाई तोकेको छ ।

छहारी संवाद संयोजन उपसमितिमा डा।सुरेश आचार्य, प्रविधि संयोजन उपसमितिमा ई।दीपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाह र रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा दिनेश थापा मगरलाई जिम्मेवारी दिइएको छ । ‘विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा कृयाशील रहेको ‘कांग्रेस सूचना नेटवर्क’मा विषयगत योग्यताका साथीहरू थप समाविष्ट गर्दै विभागमा रहेका साथीहरूको प्रदेश स्तरीय एवं बिषयगत जिम्मेवारी ब्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति एवं सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिब्यक्त हुने भावना र विचार समेतलाई आत्मसात गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र ब्यवहारिक दुबै कोणबाट सबल बनाउने निर्णय बैठकले गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर दुवै तिब्रतर ढंगले बढ्दै गएको स्थितिमा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने टड्कारो आवश्यकता दृष्टिगत गर्दै बैठकले जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका एवं सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ’, शर्माले भनेका छन् ।

नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष एवं विभागका सदस्य डा।अञ्जनी झालाई बैठकले संयोजकको अभिभारा सुम्पिएको जनाइएको छ । विभागले दुई वटा कार्यदल पनि गठन गरेको छ । ‘भिन्न समुदायका मुद्दा र मानसिकताको पछिल्लो स्थितिको सूचना र तथ्य अध्ययन गरेर आवश्यक संवाद रणनीति निर्माण गर्न बजरंग नेपालीलाई अध्ययन कार्यदल संयोजकको अभिभारा बैठकले सुम्पिएको छ’, बैठकमा भनिएको छ ।

‘पछिल्लो पुस्तामा पार्टीको विचार र सिद्धान्त सम्प्रेषण गर्ने सम्बन्धमा प्रविधि मार्फतको बिशेष अभियान अघि बढाउन आवश्यक रणनीति र योजना निर्माण गरि प्रस्तुत गर्न विभागका सदस्य विकल राईलाई कार्यदल संयोजकका रूपमा बैठकले जिम्मेवारी सुम्पिएको छ’, विज्ञप्तिमा उल्लेख छ । विभागले नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र “नेपाल पुकार” प्रिन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार