प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । जापानी राजदूत किकुटाले प्रधानमन्त्री देउवालाई बिहीबार बधाई दिँदै कार्यकाल सफलताको कामनासमेत गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर जापानी राजदूत किकुटाले मायाको चिनोसमेत प्रदान गरेका छन् । उक्त भेटपछि प्रधानमन्त्री देवाले ट्विटर गर्दै मायाको चिनो ग्रहण गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
उनले जापानले पठाएको कोरोनाविरुद्धको १६ लाख एस्ट्राजेनेका खोप चाँडै काठमाडौं आइपुग्नसमेत बताएका छन् । उनले भनेका छन्, “जापानले दिन लागेको १६ लाख डोज खोप चाँडै काठमाडौं आइपुग्ने छ । यो राम्रो समाचारका लागि धन्यवाद । आगामी दिनमा थप खोप उपलब्ध गराउन आग्रह गर्दछु ।”
यसअघि चिनियाँ राजदूतले पनि प्रधानमन्त्री देउवालाई बधाई दिँदै १६ लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएकी थिइन् । भारत सरकारले पनि चाँडै नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया