सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनको निर्धारित कार्यतालिकाबारे छलफल भइरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा जारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यता नवीकरण र वितरणमा देखिएको विवाद समाधानका लागि भएको प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् ।
बैठकले तल्लो तहका कार्यसमितिहरुको अधिवेशन मिति हेरफेर गर्ने सम्भावना छ ।
कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ। तर पूर्वनिर्धारित कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन आयोजना गर्न असम्भव रहेको नेताहरु बताउँदै आएका छन् ।
फाइल तस्बिर ।
प्रतिक्रिया