नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्यतालिका संशोधन गरिने भएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति परिवर्तन नहुने गरि कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको समितिका संयोजक रमेश लेखकले जानकारी दिएका छन् ।
त्यसैगरी धर्नामा बसेका पार्टीका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेकोसमेत उनले जानकारी दिए ।
क्रियाशील सदस्यता विवादका विषयमा कुरा नमिलेको भन्दै पार्टीका संस्थापन इतरका नेताहरु पार्टी कार्यालयमा अनशन बसिरहेका छन् ।
प्रतिक्रिया