Logo

राजनीति

कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, ६ जनाले आजै शपथ लिँदै 



सरकार बनेको डेढ महिनापछि गण्डकी प्रदेशले कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । 

कांग्रेसबाट कास्कीका विन्दुकुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । उनीहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे भने टुंगो लागेको छैन । 

उनीहरू तीनै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । हालसम्मको भागबण्डा अनुसार गण्डकीमा कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् ।

आज १ बजे नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम तय भएको छ । सोही शपथ ग्रहण समारोहमा माओवादीका तर्फबाट पनि ३ जना मन्त्रीले शपथ लिँदैछन् ।

माओवादीबाट कास्कीका रामजी बराल अर्थ मन्त्री, बागलुङका चन्द्र बुढामगर कृषि मन्त्री र स्याङ्जाका दीपक घर्तीले वन तथा वातावरण मन्त्रीको रूपमा शपथ लिनेछन् । माओवादीले भने बिहीबार नै मन्त्रीहरूको टुंगो लगाएको थियो ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।