Logo

राजनीति

कांग्रेस र माओवादीबाट तीन-तीन जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



सरकार बनेको ४२ पछि गण्डकी प्रदेशले मन्त्री परिषद्लाई पूर्णता दिएको छ । 

कांग्रेसबाट कास्कीका विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री, स्याङ्जाका मेखलाल श्रेष्ठ सामाजिक विकास मन्त्री र बागलुङका मणिभद्र शर्मा कँडेल पर्यटन तथा उद्योग मन्त्रीको रूपमा आज प्रदेश प्रमुख सीता कुमारी पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । 

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले प्रदेश सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका हुन् । उनीहरू तीनै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । 

त्यस्तै माओवादीबाट कास्कीका रामजी बराल अर्थ मन्त्री, बागलुङका चन्द्र बुढामगर भूमि व्यवस्था तथा कृषि मन्त्री र स्याङ्जाका दीपक घर्तीले वन तथा वातावरण मन्त्रीको रूपमा शपथ लिएका छन्  । माओवादीले भने बिहीबार नै मन्त्रीहरूको टुंगो लगाएको थियो ।

यस अघि माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको थियो । 

अब गण्डकी प्रदेशमा ११ सदस्यीय मन्त्रीमण्डल तयार भएको छ ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ३ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।