प्रतिनिधि सभाको शुक्रवार दिउँसो १ बजे बसेको बैठक सकिएको सकिएको छ । आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद्मा बधाई दिने कार्यसूची रहेको थियो ।
सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण(सापट लिएर भए पनि नेपाली जनतालाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत साउन ३ गते बसेको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए। उनको पक्षमा १६५ मत परेको थियो।
प्रतिनिधि सभाको अर्को बैठक साउन १२ गते दिउँसो १ बजे बस्ने सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी दिएका छन् ।
प्रतिक्रिया