नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली गल्ती गर्नेलाई उन्मुक्ति दिने प्रतिकृया दिएसँगै वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु खुसी भएर नाच्नुपर्ने अवस्था आएको भन्दै ओलीमाथि व्यंग्य गरेका छन् ।
उनले भने, “श्री पाँच महाराधिराज सरकारले आफूहरुलाई ‘आममाफी’ दिने रे। वा वा । हामी गद्गद् भयौँ । अब नाच्नुपर्ने भयो ।”
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा शुक्रबार आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयमा प्रवचन कार्यक्रममा उनले ओलीले आफूले गलत गरेको छु भनेर माफी माग्नुको सट्टा उन्मुक्तिको कुरा गरेकाले ओली सुध्रन छाँटकाँट नदेखिएको बताएका छन् ।
“म त ओली सुध्रिन्छन् होला भनेको थिएँ । त्यही भएर म केही नबोलेर हिँडिरहेको थिएँ । हिजो चम्पादेवीमा त्यसै गरे । ख्याल गरेर बोलिरहेँ । साथीहरुले पनि त्यही सुझाएका थिए । भक्तपुरमा पनि त्यही गरेँ । बाँदर जुलुस ननिकाल्नू भनेँ । तर उल्टो भयो,” नेपालले भने ।
उनले देउवालाई विश्वासको मत दिने आफू पक्षका २२ संसद्लाई धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया