Logo

राजनीति

अनशनरत डा. केसी र सरकारबीचको सहमतिलाई कांग्रेसको स्वागत



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ दिनदेखि अनशनरत डा. गोविन्द के.सी. र संघीय सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा स्वदेश र विदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा पार्टीले धन्यवाद ज्ञापन पनि गरेको छ ।

विज्ञप्तिमा विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गरिएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ५ : ३० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।