Logo

राजनीति

आधिकारिकता पाउनासाथ यादवले बोलाए पार्टीको बैठक, मन्त्रीहरुको नाम टुंगो लगाउने



निर्वाचन आयोगले आधिकारिकता आफ्नो समुहलाई दिएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । आयोगमा सोमबार आधिकारिकता पाउनु अगाडि नै शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने प्रतिकृया दिएका अध्यक्ष यादवले पार्टीको बैठक बोलाउका हुन् । 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गर्ने जसपा श्रोतले दिएको छ । कार्यकारिणी समितिको बैठकमा संसदीय दलको विधान पारित र पार्टी आधिकारिकता पाएसँगै कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने एक नेताले बताए । 

पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टी सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने र लगत्तै संसदीय दलको बैठक बसेर मन्त्रीहरुको टुंगो लगाउने ती नेताले बताए । जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन् । 

जसपाको आधिकारिकता तथा नेकपा एमालेको माधवकुमार नेपाल समूहको अनिर्णयका कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना सुरु भइरहेको छ । जसपाको निर्णयसंगै देउवालाई केही सहज हुने देखिएको छ ।

 

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ६ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।