Logo

राजनीति

मन्त्री नियुक्तीमा गल्ती भयो – कांग्रेस महामन्त्री खड्का



सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले संघ र गण्डकी प्रदेशमा मन्त्री चयन गर्दा गल्ती भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोप्रति इंगित गर्दै उनले मन्त्री चयन गर्दा गल्ती भएको भन्दै क्षमायाचना गरेका छन् ।

‘गण्डकी प्रदेश सरकार र संघीय सरकारको विस्तारमा पार्टीभित्र र बाहिरबाट आएका कडा टिप्पणी र आम प्रतिक्रियाबाट सरकारात्मक रूपमा समयमै पाठ सिकी यो ऐतिहासिक अवसरमा हामीले देश एवं आमनागरिक प्रतिको कर्तव्य पालना गर्न र आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा कम्तिमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समय छँदै गर्न जरूरी छ,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आमनागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्न चाहेको उनले बताएका छन् ।

Capture.PNG

 

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ७ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।