Logo

राजनीति

गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचन नै



केपी शर्मा ओलीले पदमुक्त गरेका अमिक शेरचन पुन: गण्डकी प्रदेशको प्रमुख बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको आजको बैठकले प्रदेश प्रमुखमा शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेपछि उनको पद पुन: दोहोरिन लागेको हो ।

मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलवार १६:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।