नेकपा एमालेमा एकताको लागि दोश्रो तहका नेताहरुले प्रयास गरिरहेको र ओली-नेपाल वान टु वान वार्ताको तयारी भईरहेको बताईए पनि त्यस्तो सम्भावना कम रहेको देखिएको छ । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेपालले उक्त कुरा बताएको खुलेको हो ।
भेटमा एमालेका बरिष्ठ समेत रहेका नेपालले बरु आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाउन तयार रहेको बताएको नेपाल निक श्रोतले बतायो । बिहानमात्र नेपालसँग भेटेका माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् ।
माओवादी स्थायी कमिटीका एक सदस्यका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइनेछ ।
नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले जानकारी दिएका छन् ।
ओलीले आफू बाहेकका नेताहरुलाई मात्र एकतामा प्राथमिकतामा राखेको बुझेका नेपाल दोश्रो तहका नेताहरुको प्रयासमा सन्तुष्ट हुन सकेका छैनन् ।
प्रतिक्रिया