नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले जनअपेक्षाका कामहरुमा कुनै कसर नराख्न सरकारलाई आग्रह गरेकी छिन् । पार्टी सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारलाई डा. संग्रौलाले यस्तो आग्रह गरेकी हुन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारबाट ठुलो अपेक्षा गरेको बताउदै सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न नहुने बताईन्।
विपि कोइरालाको भनाईको प्रसंग कोट्याउदै डा. संग्रौलाले भनिन् -‘विपि भन्नु हुन्थ्यो योजना आयोगमा एक गरिव किसानको फोटो राख त्यो सोचेर मात्र योजना लागु गर । तीनै महामानव वीपीले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेको छ । यो नयाँ सरकारलाई खुट्टा नकमाउन र ऐतिहासिक जिम्मेवारी बहन गर्न राष्ट्रिय एकता र मेलमिलापको बाटोमा अगाडी वढ्न जोडदार माग गर्दछु ।’
सांसद संग्रौलाले अहिले प्रतिपक्षले सरकारलाई जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेका आरोप लगाउदै संविधानको भावना विपरीत २ पटक प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ ९५० अनुसार बहुमत प्राप्त गर्दाको परिणाम भएको बताएकी छन् । उनले संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट भएकाले यो सरकार परमादेशबाट हैन्, जनादेशबाट बनेको सरकार भएको स्पष्ट गरेकी छन् ।
संग्रौलाले जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउन, प्रत्येक नेपालीलाई कोरोना बिरुद्धको खोपको व्यवस्था गर्न, रोजगारी गुमाएलाई व्यवस्थापन गर्न र विदेशबाट आएका नेपालीहरुको पुर्नस्थापना, पुर्नमिलनका साथै रोजगार क्षेत्रलाई व्यवस्थित गर्न, दण्डहिनताको अवस्था अन्त्य गर्न साथै सुशासन र पारदर्शीताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिक्रिया