Logo

राजनीति

मन्त्रालय भगबण्डाको लागि सत्ता गठवन्धनको बैठक बस्ने 



सरकार सञ्चालन र शक्ति सन्तुलन हुने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल गर्ने गरी सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भएको छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तापक्षीय पाँच शक्तिको सहभागिता हुने भएको हो । 

बैठकमा मन्त्रिपरिषद्‌‍मा सहभागिताको भागबण्डा टुंग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने बताइएको छ । सोही विषयको पूर्वतयारीस्वरुप आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुइ–दुइ जनालई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि स्वास्थ्य राज्यमन्त्रीमा व्यापारी उमेश श्रेष्ठलाई नियुक्त गरेपछि प्रधानमन्त्री देउवाको आलोचना हुदै आएको छ ।  

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ६ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।