Logo

राजनीति

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता



प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी विदेशमन्त्री एन्थोनी जे. ब्लिंकेनबीच टेलिफोन वार्ता भएको छ । 
दुई जनाबीच मंगलबार साँझ टेलिफोन वार्ता भएको हो ।

देउवा र ब्लिंकेनबीच हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।

उनीहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार ०६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।