Logo

राजनीति

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । 

बिहान ११ बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि मंगलबार बसेको पदाधिकारी बैठकमा क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाएका थिए ।

छानबिन समितिले बुझाएको प्रतिवेदनमाथि अध्ययन गरेर बुधबार बस्ने बैठकले स्थगित वडा अधिवेशनको नयाँ मिति तय गर्ने पौडेलले बताए ।

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा साउन १२ गते हुने भनिएको वडा अधिवेशन अन्तिम समयमा स्थगित भएको थियो ।

सचिव पौडेलले भदौ १६–१९ का लागि तोकिएको महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी तल्लो तहका अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ६ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।