Logo

राजनीति

बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु, मन्त्रालय र मन्त्रीको भागबन्डामा छलफल केन्द्रित



सत्तागठबन्धनको बेठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषदमा गठबन्धनबाट कुन दलाई कति मन्त्रालयको भागबन्डा लगाउने भन्ने बैठकको मुख्य एजेण्डा रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक बिहान ९ बजेबाट सुरु भएको हो । 

बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका छन् ।  प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएका छन् । आफूसँगै काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाललाई मन्त्री बनाएका देउवाले केहीदिन अघि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेर बाँकी मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् ।

सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । 

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ । तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन ।

नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर काँग्रेस, माओवादी र जसपा सम्मिलित मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । यसबारे मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष  ‘प्रचण्ड’बीच छलफल भएको थियो । 

प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि प्रचण्डले  नेता नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ९ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।