Logo

राजनीति

मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी



काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि उनले भने, ‘अब धेरै समय कुर्नु पर्नेछैन ।’

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी छ । आज बिहान ९ बजेका लागि बैठक बोलाइए पनि केही ढिला बैठक सुरू भएको छ। प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार बैठक सुरू भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा छलफल भएको छ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन्।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  १२ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।