Logo

राजनीति

गठबन्धन संघीयता र एमसीसीकोपछि लागे हामी प्रतिपक्षमा बस्छौँ : चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध सँगै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो ।

उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  १२ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।