कारागारमा रहेका तत्कालीन राजपाबाट विजयी सांसद रेशम चौधरीले पनि महन्थ ठाकुरको साथ छोडेका छन् । सोमबार निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको सनाखत गर्न जाँदा ठाकुरलाई भिष्मपितामह बन्नुस् भन्दै तटस्थ बसेका चौधरी उपेन्द्र यादवले पार्टीको आधिकारिकता पाएपछि बुधबार जनता समाजवादी पार्टी (जसपा)तिर खुलेका हुन् ।
पार्टीको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको बेला डिल्लीबजार कारागारमा रहेका चौधरीले फोनमार्फत आफू जसपाको आधिकारिक पक्षमा रहेको बताएको पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ खतिवडाले फेसबुकमा लेखेका छन् ।
प्रतिक्रिया