Logo

राजनीति

रायमाझीसहित चार नेताको भविष्य न्यायाधीश कार्कीको इजलासमा 



नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका ४ जान नेताहरुले गुमाएको आफ्नो सांसद पद कायमै राखिदिन र आफ्नो पार्टी माओवादी केन्द्र नै भएको दावी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

माओवादी छाडेर एमालेमा गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफुहरु माओवादी केन्द्रमै रहेको र आफ्नो सांसद पद पनि कायमै हुनुपर्ने भनि बुधबार दायर गरेको रिटमाथि न्यायाधीश दीपककुमार कार्कीको इजलासले सुनुवाई गर्नेछ । 

निर्वाचन आयोगले गत असार २३ गते उपलब्ध गराएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको जिकीर गर्दै उनीहरुले प्रतिनिधिसभा सदस्य पद खारेजको निर्णय बदर हुनुपर्ने माग गरेका छन् ।

अब न्यायाधिश कार्कीको इजलासले नै ४ नेताहरुको भविष्य के हुने भन्ने फैसला गर्नेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई मन्त्री बनाउनुका साथै एमालेमा प्रवेस गराएका थिए । माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले निर्वाचन आयोगमा दिएको दल त्यागको सूचनापछि उनीहरुको सांसद पद गुमेको थियो । भने सर्वोच्चको आदेशपछि उनीहरुको मन्त्री पदसमेत गुमेको थियो ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।