सत्तागठगठबन्धनको बैठकले दलहरुले पाउने मन्त्रालयको भागबन्डा टुंग्याएको छ । प्रधानमनत्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस सहित सरकारमा सहभागी दलहरुले सम्हाल्ने मन्त्रालयको टुंगो लगाएको हो ।
दलहरुबीच मन्त्रालयको टुंगो लागेसँगै अब प्रधानमन्त्रीलाई सरकार विस्तार गर्न बाटो खुलेको छ । सरकारमा कांग्रेस नेकपा माओवादी र जनता समाजवादी पार्टी सहभागी हुने सहमति भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल भने सरकारमा सहभागी नहुने भएको छ ।
माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।
विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ । सरकारलाई पुर्णता दिदा २१ मन्त्रालय सहित अन्य ३ राज्यमन्त्री गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने कानुनी व्यवस्था छ ।
कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।
काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।
यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।
प्रतिक्रिया