जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बन्ने नेताहरुको नाम टुंगो लगाउन अहिले पार्टीको कार्यकारिणी समितिको बैठक बसिरहेको छ । देउवा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अहिले तुलसी अमात्य स्मृति भवनमा बैठक चलिरहेको हो ।
दोश्रो तहका नेताहरुलाई मन्त्री बनाउनु पर्ने मत बढी भएपनि जसपाका अध्यक्ष उपेन्द्र यादव आफैं मन्त्री बन्न इच्छुक रहेको श्रोत बताउँछ । यादवसहित मन्त्री बन्ने नेताहरुमा महेन्द्र राय यादव, प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह, इस्तियाक राई, रानी मण्डल, अमृत अग्रहरीलगायतको नाम चर्चामा छन् ।
सातवटा मन्त्रालय पाएको जसपाले कुन कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ । आज बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमनत्री देउवाले माओवादी केन्द्र र जसपालाई मन्त्री बन्ने नेताहरुको नाम पठाउन गरेको ढिलाईले आफूलाई अफ्ठेरो परेको बताएका थिए ।
प्रतिक्रिया