Logo

राजनीति

पोखरा ३२ नेका सभापतिमा प्रधानको उम्मेदवारी



नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ । तैपनि नेताहरुबीच नेतृत्वमा आउने इच्छाहरु धमाधम आइरहेको छ । यहि समयमा पोखरा महानगरपलिका वडा नं. ३२ सभापतिमा मोहन कुमार प्रधानको उम्मेदवारी परेको छ ।

२०४६ सालको जनआन्दोलनबाट प्रभावित भई नेपाली कांग्रेसमा आबद्ध प्रधानले २०४८मा संसदीय उमेदवार अत्यधिक मतले बिजय गराउन सकृय भूमिका खेलेको बताउदै वडा सभापतिमा आफु सक्षम रहेको बताए ।

२०६२/६३ जनआन्दोलनमा नेकांको वडादेखि जिल्ला र केन्द्रसम्म सहभागी भई आन्दोलनमा जेल नेल परेको र आफूले पार्टीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमा उम्मेदवारी दिने निर्याय गरेको उनको भनाइ रहेको छ । आफूलाई वडा सभापतिमा साथीभाईले सहयोग गरी जिताउने विश्वास पनि उनले व्यक्त गरे । 

क्षेत्र नं. १ पुर्व क्षेत्रीय तरूण दल कार्यसमिति सदस्य तथा क्षेत्र नं. १ पुर्व  क्षेत्रीय जनजाति संघ सदस्य र अपांग नगर समन्वय उपाध्यक्ष, पुर्व लेखनाथ नगरपालिकाको तथा १२ र १३औं नेका क्षेत्रीय प्रतिनिधी, पोखरा ३२ नेकां सहल्लाहकार समेत रहेका, विभिन्न संघसस्थामा सहभागी, गोगन उच माविको अभिभावक सघको सदस्य, पोखरा ३२ मजुवा कालिका आधारभुत विद्यालयको व्यवस्थापन समिति सदस्य, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला आजीवन सदस्य तथा नेपाल रेटक्स पोखरा ३२ उपशाखा कार्यसमिति सदस्य रहेका प्रधान यतिबेला महाधिवेशनको लागि सक्रिय रुपमा लागेका छन् । 

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ४ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।