Logo

राजनीति

टेलिकमका कर्मचारी नौ दिनदेखि धर्नामा 



नेपाल टेलिकमका कर्मचारी नौ दिनदेखि धर्नामा छन् । टेलिकम व्यवस्थापनले अघिल्लो सहमति कार्यान्वयन गर्नुको सट्टा सञ्चालक समितिबाट आफूखुसी कर्मचारी विनियमावली स्वीकृत गरेको भन्दै कर्मचारीहरुले धर्ना दिन थालेको नौ दिन बितेको हो । 

223413987_2933256526941039_8141277620602729195_n.jpg

टेलिकममा क्रियाशिल नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वर्कर्स युनियन र नेपाल टेलिकम कर्मचारी युनियन गरी तीनवटै युनियनहरुले २०७७ असार १९ गते ध्यानाकर्षण मार्फत सामूहिक मागदाबी पेश गरेको र श्रावण १५ गते टेलिकमका प्रवन्ध निर्देशक सहितको उपस्थितिमा मागदाबीको विषयमा दुवै पक्षको सहमति भएकोमा उक्त सहमति बिपरीत २०७८ श्रावण १ गते सञ्चालक समितिबाट कर्मचारी विनियमावली स्वीकृत गरेकोमा कर्मचारीहरुले आपत्ति जनाएका छन् । 

219166238_416400553038971_1904884471082643597_n.jpg

अघिल्लो सहमति बमोजिम युनियनहरुले २०७७ मंसिर २४ गते कर्मचारी विनियमावली सम्बन्धमा पेश गरेका सुझाव र ध्यानाकर्षहरु कार्यान्वयनमा समेत व्यवस्थापन उदासिन देखिएकोमा कर्मचारीहरुले अन्याय महसुस गरेका छन् । कर्मचारी विनियमावली सम्बन्धमा १५, संस्थागत सुधार सम्बन्धमा ९, कर्मचारी सेवा सुविधा सम्बन्धमा ५ र ट्रेड युनियन अधिकार सम्बन्धमा ४ सुत्रीय माग सहितको ध्यानाकर्षण पुन: बुझाएर केन्द्रीय कार्यालयमा धर्नामा बसेका उनीहरुले उल्लेखित मागहरु तत्काल पुरा नगरिएमा थप संघर्षका कार्यक्रमहरु सहित अगाडि बढ्ने र त्यसबाट उत्पन्न हुने परिस्थीतिको जिम्मेवार स्वयम् व्यवस्थापन हुने चेतावनी दिएका छन् 

हेर्नुहोस् कर्मचारी युनियनहरुले टेलिकममा पुन: बुझाएको ध्यानाकर्षण पत्रको पुर्णपाठ :

1.jpg2.jpg3.jpg

 

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  ६ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।