काठमाडौं । साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार सामान्य सामान्य सुधार भएको छ । बुधबार बजार परिसूचक नेप्से २.८७ अंकले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो । तर बुधबार कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै ह्यो ।
नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ । बुधबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।


















प्रतिक्रिया