Logo

राजनीति

जयसिंह धामीलाई न्याय देऊ, परिवारलाई क्षतिपूर्ति देऊ : डा. संग्रौला 



सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जयसिंह धामीलाई न्याय र परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी छिन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोद्दै डा. संग्रौलाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै भनिन्, ‘महाकाली नदीको तुइन तर्दै गर्दा जयसिंह धामीको तुइन काटिएर नदीमा बेपत्ता भए । भर्खरै गृहमन्त्रीले भन्नुभयो, ‘छानविन समिति बनेको छ ।

उनको लासलाई खोजी भइरहेको छ ।’ म उहाँलाई प्रश्न राख्न चाहन्छु–सत्यतथ्य के हो रु कुटनीतिक र राजनीतिक वार्ता थालिनी गरिदिनुपर्यो । पीडित परिवारको क्षतिपूर्ति जयसिंह धामीको लागि गृहमन्त्री उभिनुपर्छ । छानविन समितिले त्यही तथ्यमा रहेर सत्यतथ्य ल्याउनुपर्छ ।’  

दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले साउन १६ गते तुइन काटिदिएपछि तुइनबाट खसेर महाकाली नदीमा धामी बेपत्ता भएका थिए । 

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  ३ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।