नेकपा माओृवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग मेयरमा हारेका देवीप्रसाद ज्ञवाली अध्यक्ष रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बालुवाटार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग खारेज गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अन्तर्गत रहेर आयोग गठन गरेका थिए । मन्त्रिपरिषद् बैठकले आयोगको ७७ वटै जिल्लामा भएका सम्पूर्ण संरचना खारेजको निर्णय गरेको छ ।
२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरपािलकामा चुनावी तालमेल गरेका थिए । काँग्रेसले महानगरपालिकामा कुनै उम्मेद्वार नउठाई प्रचण्डकी छोरी रेणुलाई समर्थन गरेको थियो भने एमालेले ज्ञवालीलाई उम्मेद्वार बनाएको थियो ।
प्रतिक्रिया