Logo

पेन्सनको लागि खाता सक्रिय बनाउन सम्बन्धित बैंक सम्म जानु नपर्ने



सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन बुझ्नका खाता सक्रिय बनाउँन सम्बन्धित बैंकसम्म जानु नपर्ने भएको छ । 
महालेखा नियन्त्रक कार्यालयले हरेक ६–६ महिनामा सक्रिय बनाउनुपर्ने  व्यवस्था भएपनि कोरोना माहामारीका कारण हाललाई सम्बन्धित निवृत्तभरण व्यवस्थापन कार्यालयबाटै गर्न  सकिने व्यावस्था गरेको छ । 

सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र रही सरकारी सेवाबाट सेवानिवृत्त पाइरहेका निवृत्तभरकले हरेक ६–६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो खाता सक्रिय गर्नुपर्ने व्यवस्था छ। 

अहिलेको विषयम परिस्थितीमा यस व्यवस्थालाई कायम गर्न नसकिने देखिएपछि बैंकसम्म उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न महालेखाले परिपत्र गरेको हो । यो परिपत्रपछि अब पेन्सन पाउने व्यक्तिले २०७७ मंसिर समान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत नै निवृत्तिभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने छन् ।

information.jpg

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  १२ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।