राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो । विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राखेका थिए भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफ समेत दिएका थिए।
प्रतिक्रिया