पूर्व प्रधानमन्त्री तथा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित अपोलो हस्पिटलमा २ घण्टाअघि गरिएको शल्यक्रिया सफल भएको हो ।
डाक्टर सन्दिप गुलेरियाको सर्जरी टिम वहाँको उपचारमा सँलग्न थियो । नेता खनालले केहि समय अस्पतालमै रही आराम गर्ने र स्वास्थ्य स्थिति सामान्य भएपश्चात नेपाल फर्किनुहुने बुझिएको छ ।
उनलाई ससुरालीतिरका नातेदारले किड्नी दान दिएका हुन् । उपचारार्थ उनी असार २ गते नयाँ दिल्लीतर्फ प्रस्थान गरेका थिए ।
निजि सचिवालय यसो भन्छ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू केहि समय अघिदेखि Dr. Akhil Mishra को निगरानी तथा नेतृत्वमा Apollo Hospital, Delhi, India मा उपचाररत रहनुभएकोमा आज Dr.Sandeep Guleria को सर्जरी टिमले वहाँको मृगौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरेको छ ।
अब वहाँ केहि समय अस्पतालमै रहि आराम गर्नुहुनेछ र स्वास्थ्य स्थिती सामान्य भए पश्चात नेपाल फर्किनु हुनेछ । यस बिचमा वहाँको स्वास्थ्यप्रति चासो र चिन्ता राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीज्यूको पूर्ण स्वास्थ्यलाभको कामना सहित यो जानकारी सम्प्रेषण गर्दछौ ।
#निजि_सचिवालय
प्रतिक्रिया